दमक – झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । बिहीबार बिहान झापाको बाह्रदशी गाउँपालिका–५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको छ ।
चारपाने–राजगढ भित्री सडकमा बिहान ११ बजे मे ८ प ३५६९ को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदल यात्री स्थानीय ४५ वर्षीया मनि मर्डीलाई जोगाउन खोज्दा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक हेमरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । दुर्घटनामा पैदलयात्री मर्डीसहित मोटरसाइकलको पछाडि बस्ने बिर्तामोड ३ का २३ वर्षीय समीर महमद घाइते भएका छन् ।