हेटौंडा – नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी सुरूङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमित कुमार थापा रहेका छन् ।
समितमाथि नक्कली आइडीबाट पीडितको तस्विरमा अपरिचित महिलाको अश्लिल तस्विर राख्दै पीडितको बारेमा अनर्गल, अश्लिल शब्दहरु लेखेर पोष्ट गरेको प्रहरीको आरोप छ ।
साथै, उक्त आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरु गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दुस्ख हैरानी दिएर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले जनाएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।