प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु

२०७९ श्रावण १९, बिहीबार ०३:४२ बजे

काठमाडौं – सप्तरी कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।