काठमाडौं – झापाको अर्जुजनधारा नगरपालिका २ मा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु भएको छ।
दुई वर्षीय शिवयम मस्करा आमा श्रेया अग्रवालसँगै मामाघरमा गएका वेला बिहीबार अपराह्न गेट पल्टिँदा घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
उपचारका क्रममा बिहीबार साँझ सवा ६ बजे उनको मृत्यु भएको हो।