प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विदेशी नागरिकलाई लुट्ने तीनजना पक्राउ

२०८१ आश्विन ९, बुधबार ०९:१० बजे

काभ्रे – बनेपा नगरपालिका- ६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

चक्कु देखाएर दुई विदेशी नागरिक लुट्ने नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लुटिएका सामान पनि प्रहरीले फिर्ता गराएको छ।

विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ।