प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा २१ को मृत्यु

२०७९ जेठ ११, बुधबार ०३:४२ बजे

अमेरिका – अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क थिए।

संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।एजेन्सी