प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकलको ठक्करबाट तामाङको मृत्यु

२०७९ चैत्र १३, सोमबार ०७:५७ बजे

हेटौंडा – काठमाडौं शंखरापुर नगरपालिका १ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

तामाङको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल आइतबार साँझ सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।