प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० असार १८, सोमबार ०७:१९ बजे

हेटौंडा – उदयपुरगढी गाउँपालिकाको वडानम्बर ७ अधेरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक त्रियुगा नगरपालिका-१२ का १८ वर्षीय मोहमत रूस्तम रहेका छन् ।

आइतबार राति नेपालटारबाट गाइघाटतर्फ जाँदै गरेको स१ह ३६२२ नम्बरको अटो दुर्घटना हुँदा रूस्तम गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उरुस्तमको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।