प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको ठक्करबाट मोटरसाकल चालकको मृत्यु

२०७९ कार्तिक १५, मंगलबार १३:१७ बजे


हेटौंडा – काठमाडौंको तिलगंगा नजिकै बसको ठक्करबाट मोटरसाकल चालकको मृत्यु भएको छ भने पछाडी सवार युवती भने घाईते भएकी छिन् ।

स्याङजाको कालिगण्डकी नगरपालिका ४ घर भइ हाल काठमाडौँको नयाँबानेश्वर बस्ने ३० वर्षिय माधव पाण्डेको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकी मोटरसाईकलमा पछाडी सवार रामेछाप घर भएकी २६ वर्षिया गंगामाया मगरको सोही अस्पतालमानै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

एयरपोर्टबाट गौशला तर्फ जाँदै गरेको बा ९२ प ३१ २० नम्बरको मोटरसाईकललाई मंगलबर दिउँसो पौने १ बजे सोही दिशा तर्फ जादै गरेको बा ४ ख ९३ ९६ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो।

दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त गौशलाले जानकारी दिएको छ ।