प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

डेढ दशकपछि विपना थापाको ‘कम ब्याक’

२०८० जेठ १५, सोमबार ०२:४१ बजे

काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् ।

विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन ।

एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका थिइन् । सामाजिक सञ्जाल नहुँदा उनलाई हेर्नकै लागि घण्टौं हिँडेर हलमा पुग्ने दर्शक हजारौं थिए ।

उनै विपनाले नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएकी छन् । विवाहपछि भारतमै बस्दै आएकी विपनाले चलचित्र ह्रस्व दीर्घबाट आफू पुनः नेपाली चलचित्रमा फर्किन लागेको बताइन् ।

निता ढुंगानाले निर्माण गरेको यो चलचित्रबाट कमब्याक गर्न लागेकी विपना भन्छिन्, ‘मलाई निताले ‘कमब्याक गराइन् । सुटिङको तयारीका साथ केही दिनमै फेरि नेपाल आउँदै छु ।’

तिनै तिनै कलाकार हुन् अशोक शर्मा निर्देशित चलचित्र ‘मितिनी’मा विपना नायिका थिइन् भने विपनाको बाल्यकालको भूमिका निताले निर्वाह गरेकी थिइन् । आजको राजधानी दैनिकमा समाचार छ ।