हेटौंडा – धादिङको गजुरी गाउँपालिका वडा न.२ चालिसे चालिसेमा बुधबार विहान भएको बस दुर्घटनामा प्रहरी टोली उद्धार जारी राखेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, शसस्त्र प्रहरी, सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा उद्धार कार्य भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनीतर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित त्रिशुली नदिमा खस्दा ८ जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेका छन् । उनीहरु मध्य ३ जनाको नाम थर खुलेको ५ जनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
उद्धार टोलीले १७ जनाको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा २५ जना यात्रु सवार थिए । जीवित उद्धार गरिएका १७ मध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।
१ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् भने १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको । १ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।