प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुन–चाँदीको मूल्य स्थिर

२०७९ कार्तिक १४, सोमबार ०७:३९ बजे

काठमाडौं – नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा खरिद–बिक्री भएको थियो।