प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वदेश फर्कियो यू-१९ क्रिकेट टिम

२०८० माघ २२, सोमबार १९:०४ बजे

काठमाडौं – यू-१९ क्रिकेट विश्वकप खेल्न दक्षिण अफ्रिका गएको नेपाली टिम स्वदेश फर्किएको छ । सोमबार बिहान काठमाडौँ आइपुगेको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।

दुवै खेल जितेको भएपनि समुह चरणको दुई हारको कारण नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको थियो ।यू-१९ क्रिकेट विश्वकपको सेमीफाइनलमा मंगलबार भारत र दक्षिण अफ्रिका खेल्दै छन् भने विहिबार अस्ट्रेलिया र पाकिस्तान खेल्ने भएका छन् ।