काठमाडौं – पर्वतको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको थियो । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।