काठमाडौं – घरको चर खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर इलाममा ४ जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिका वडा नम्बार १० मा फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा चारै भारतीय कामदारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित किसनगन्जका तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरु चारै कामदार अन्दाजी १८ देखि २० वर्ष उमेरका छन्।
उनीहरूलाई अपराह्न पौने ५ बजेतिर ढिस्को झरेर पुरेको थियो। उनीहरुको ढिस्कोले पुरिएको केही मिनेटमै उद्धार गरिएपनि बचाउन नसकिएको प्रहरीको भनाई छ । शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।