प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

२०७८ चैत्र ७, सोमबार ०८:५५ बजे

चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रुवाहक विमान भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ। बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ।

अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ ।एएफपी