प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ढिस्कोले पुरिएर बुढाथोकीको मृत्यु

२०८० पौष २४, मंगलबार ०८:४२ बजे

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका–५, रजेगाउँ निवासी ७४ वर्षीय मनबहादुर बुढाथोकीको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो घर नजिकै आफ्नै बारीको कान्ला खन्न गएका बुढाथोकी राति अबेर ७ः३० बजेसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा ढिस्कोले पुरेर मृत अवस्थामा फेला पारेका थिए ।

मृतकका आफन्त निजलाई खोज्न जाँदा बारीमा मृतकले लगाएको चप्पल फेला परेको र बारीमा ढिस्को समेत झरेको देखेर माटो खोतली हेर्दा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।