प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९ कार्तिक ३, बिहीबार ०९:५२ बजे

हेटौंडा – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मीला शेर्पा रहेको प्रहरीले जनाएको छ ।

बुधवार प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।