मोरङ – धनपालथान गाउँपालिका–२ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा नगरपालिका–७ बस्ने २७ वर्षीय रबिन्द्र कुमार यादव रहेका छन् ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।