प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बम विस्फोट हुँदा पूर्व सैनिक घाइते

२०८१ कार्तिक ४, आईतबार १९:२९ बजे

स्याङ्जा – जिल्लाको चापाकोट नगरपालिका ४ पुरीगाउँको एक घरमा सकेट बम बिस्फोट भएको छ । घटनामा भूपू सैनिक घाइते भएका छन् ।

दुई वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका ४५ वर्षका गोविन्द पुरी घाइते भएका हुन् । घरको दोस्रो तलामा पुराना भाडा राख्ने क्रममा सकेट बम बिस्फोट हुँदा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उपचारपछि पुरीलाई पक्राउ परेका छन् । प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट खटिएको टोली केही बिस्फोटक पदार्थ बरामद गरेको छ ।