प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु

२०७९ पौष २३, शनिबार ०७:२४ बजे

हेटौंडा – दार्चुलाको ब्यास गाउँपालिका ५ मा गएराती ट्याक्टर अनियन्त्रित भएर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका २ का अन्दाजी ४२ वर्षीय लोकेन्द्र सिंह बडाल रहेका छन् ।

म १ त १११८ नम्बरको ट्याक्टर गएराती साढे ११ बजे अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।