हेटौंडा – मदिरा पिएर स्कुल तथा कलेजका बस चलाउने ४२ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाण्डौ उपत्यका आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
जसमा मदिरा पिएर सवारी साधन चलाउने ५ जना चालक रहेका छन् । बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन ईण्डियन स्कुल, चुच्चेपाटी स्थित मनास्लु स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
यस्तै अवस्था ठिक नभएका सवारी चलाउने २९ र सिटबेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन् ।