प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा आगोले जलेर एक जना घाइते

२०८० आश्विन २४, बुधबार २०:२१ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकामा आगोले जलेर एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका वडा नं. १० भवङ बस्ने २३ बर्षीय हिक्मत भोलन घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार विहान १० बजेको समयमा सामुहिक रुपमा भोलनको घरदेखि करिब एक सय मिटर उत्तरतर्फ बारीमा आगो बालेर तापी रहेका थिए । सोही क्रममा एक किशोरले बलिरहेको आगोमा पेट्रोल खन्याउँदा दन्किएको आगो भोलनले लगाएको कपडामा सल्किदा कम्मर भन्दा मुनिको भाग पुरै जलेर घाइते भएको मकवापनुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते भोलनको उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित किर्तिपुर अस्पतालमा रिफर भएको प्रहरीले जनाएको छ । हेटौंडा अस्पतालका चिकित्सकका अनुसार उनको शरिर करिब ३५ प्रतिशत भाग जलेर नष्ट भएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।