प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

२०७९ पौष १९, मंगलबार १५:०१ बजे

हेटौंडा – मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ मा मंगलबार दिउँसो को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक केराबारी गाँउपालिका–८ मोरङका २१ बर्षीय योसन लिम्बु र मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ की १७ बर्षीय लिला श्रेष्ठ घाइते भएका थिए ।

उनिहरुको उपचारको लागि बि एण्ड सि अस्पताल पठाईएकोमा मोटरसाइलक चालक लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडी सवार रहेकी श्रेष्ठको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ट्याक्टर चालक रोङ गाँउपालिका–४ इलामका ३३ बर्षीय डिल्ली बहादुर लेप्चालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।