प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बाग्मती पुल नजिकै मोटरसाइकल पल्टियो

२०७९ भाद्र ६, सोमबार ०६:२७ बजे

काठमाडौं – काठमाडौंको तीनकुने स्थित बाग्मती पुल नजिकै गएराती मोटरसाइकल पल्टिदा चालक गम्भीर घाइते भएका छन् । घाईते हुनेमा भक्तपुरको गठ्ठाघर बस्ने झापाको दमक नगरपालिका १ का ३१ वर्षीय आकाश कोइराला घाइते भएका हुन् ।

घाइतेलाई उपचारको लागि महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । गएराती ९ बजे नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बा ६६ प ३८३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । चालकले मदिरा पिएर मोटरसाइकल चलाएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।