प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा श्रीमानबाट श्रीमतीमाथि निर्घात कुटपिट, तामाङ प्रहरीको फन्दामा

२०८० आश्विन ४, बिहीबार ०३:३२ बजे

हेटौंडा – मकवापनुरको हेटौंडामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि निर्घात कुटपिट गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.१४ नयाँ बस्ती बस्ने ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई निर्घात कुटपिट गरेका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भोम्जन बाबुको कुटाईबाट उनको श्रीमती ३० बर्षीया सरिता तामाङ गम्भीर घाइते भएकी छन् । उनको हेटौंडासिथत सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न भोम्जन बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।