प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा सवारी दुर्घटना हुँदा एक घाइते

२०७९ बैशाख ६, मंगलबार १२:२० बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा म्याजिक र स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जना घाईते भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तिपुल नजिकै ना २३ प ५०३१ नम्बरको स्कुटर र प्रदेश ३–०३–००१ ज ००२४ नम्बरको म्याजिक एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

ठक्करबाट स्कुटर चालक घाइते भएको र उनलाई उपचारकोलागि चुरेहिल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।