प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कपडा धुन राखेको पानीमा गयो ११ महिने शिशुको ज्यान

२०८० माघ १४, आईतबार ०९:०९ बजे

काठमाडौं – कपडा धुन बाल्टिनमा राखेको पानीमा ढुबेर ११ महिने शिशुको मृत्यु भएको छ। यो घटना भक्तपुरको हो । भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मण देउलाको मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार शनिबार कपडा धुनका लागि बाल्टिनमा राखेको १० लिटर पानीमा खाटमा सुतेको शिशु खसेकी थिइन् । उनलाई उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकोमा अपराह्न चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।