प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

रामेछाप प्रहरी प्रमुख वस्ने निवासको उद्घाटन

२०७९ मंसिर २६, सोमबार १४:०८ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय, रामेछापको परिसरमा निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरिएको छ। सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले भावनको उद्घाटन गरकी हुन् ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहमा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, स्थानिय जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत अन्य स्थानियहरूको समेत सहभागिता रहेको थियो ।