हेटौंडा – मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा पर्साबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका–८ घर भएका ५४ वर्षीय अनिल कुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका–११ घर भएका ३७ वर्षीय रमेश कुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका–४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार राति होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।