हेटौंडा – एक महिला र एक युवक मृत अवस्थामा फेला परेका छन् ।नुवाकोटको सुईगढीमा महिला र चितवनको काभ्रेघाटमा युवकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार नुवाकोट सुर्यगढी गाउँपालिका–१ छाप बस्ने अन्दाजी ४०/४२ वर्षीया माया तामाङ मृत अवस्थामा फेला परेकी हुन् । आफ्नै घर देखि अन्दाजी १ किलो मिटर पश्चिमतर्फ भिरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी त्यहाँ हाम्फाल्दा मृत्यु भएको प्रहरीको अनुमान छ ।
चितवनको भरतपुर महानगपालिका–१६, काभ्रेघाट स्थित नारायणी नदी किनारमा अन्दाजी १६र१७ वर्षीय एक युवक मृत फेला परेका छन् । प्रहरीका अुनसार उनको नामथर वतन खुलेको छैन । घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।