प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलियालाई २१३ रनको लक्ष्य

२०८० कार्तिक ३०, बिहीबार १९:०५ बजे

काठमाडौं – आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए। यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भएका हुन्। जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि मिशेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए। जोश हजलवुड र ट्राभिस हेडले २-२ विकेट लिएका छन्।