प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल जापानसंग फराकिलो अन्तरले पराजित

२०८१ कार्तिक ८, बिहीबार ०८:२० बजे

काठमाडौं – एफसी यु–१७ एसियन कप छनोटमा नेपाल जापानसंग फराकिलो अन्तरले पराजित भएको छ । कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियमा बुधबार राति भएको समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानसँग नेपाल ९–२ ले पराजित भएको हो।

जितसँगै समूह ‘एफ’मा जापानले तीन अंक जोडेको छ। नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन।

जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो। दाइचीले ह्याट्रिकसहित चार गोल गरे। यस्तै, हिरोता असादाले पनि ह्याट्रिक पूरा गर्दा मैबुकी कासाइ र कैजी चोनानले एक गोल थपे।

नेपालले समूह चरणको दोस्रो खेलमा बिहीबार आयोजक अतारको सामना गर्नेछ। कतारले बुधबार मंगोलियामाथि २–० को जितसहित विजयी सुरुआत गरेको थियो।