प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पितृ खुसी नभएको भन्दै छोरीको हत्या, आमा घाइते

२०७९ आश्विन १०, सोमबार १०:१७ बजे

काठमाडौं – पितृ खुसी नभएको भन्दै रामेछापमा एक जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन् ।

एक सञ्चारमाध्यमका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार स्थानीय अन्दाजी ५५ वर्षीया विबी माझीको कुटपिट गरी हत्या भएको हो । 

उनकी आमा ७० वर्षीया सुनमाया माझीको मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । मृतक र घाइते आमा छोरी हुन् ।

घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन् । पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् ।

सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।