हेटौंडा – एक पुरुषले आफ्नै बाबुमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका छन् । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं. ११ छट्टुडाँडा बस्ने ३८ बर्षीय पुर्ण सार्कीले मंगलबार दिउँसो आफ्नै बाबु ७० बर्षीय जुठे सार्कीमाथि खुर्पा प्रहार गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खुर्पा प्रहारबाट जुठे मध्यम घाइते भएका छन् । उनको उपचारको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ । खुर्पा प्रहार गर्ने छोरा पूर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।