हेटौंडा – बुढ्यौली साहित्य समाज धनुषाको समिति विस्तार तथा पुनर्गठन भएको छ। सोमबारका नानीराम दहालको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।
त्यस्तै समिति उपाध्यक्षमा टोपप्रसाद अधिकारी, सचिवमा भक्त बहादुर हेम्जन, कोषाध्यक्षमा दुर्गा दहाल, सदस्यहरुमा नीलहरि गजुरेल, बालकृष्ण पहाडी र मुनादेवी दहाल चयन भएका छन् ।
समिति विस्तार तथा पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि साहित्य प्रेमी तथा शैक्षिक धरोहर नारायण विक्रम थापा थिए । अतिथिमा बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य तथा बर्दिवास साहित्यिक सास्कृतिक प्रतिष्ठान बर्दिवास महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल थिए ।
कार्यक्रमको सञ्चालन बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसादले गरेका थिए । कार्यक्रममा उपस्थितलाई साहित्यिक व्यक्तित्व भक्त बहादुर हेम्जनले शब्दद्वारा स्वागत गरेका थिए । अतिथि रामचन्द्र पौडेलले बुढ्यौली साहित्य समाजको स्थापना माथि सामान्य चर्चा गरेका थिए।
प्रमुख अतिथि नारायण बिक्रम थापाले बुढ्यौली साहित्य समाज धनुषा गठनले साहित्यिक क्षेत्रमा एउटा इटा थपिएको बताउदै नया समितिलाई मष्तिष्कमा समझदारी,हृदयमा इमान्दारी र काधमा जिम्मेवारी लिएर हिडे उदेश्य पूरा हुने बताउदै पुनर्गठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा टङ्कप्रसाद शर्मा सापकोटा तथा हरिप्रसाद काफ्ले जस्ता व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नानीराम दहालले कार्यक्रममा उपस्थितिलाई धन्यवान ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । भेला श्री आदर्श राष्ट्रिय मा वि लालगढ धनुषाको सभाहलमा सम्पन्न भएको थियो।