काठमाडौँ – नेपाली सेनाको ट्रकले स्कुटरलाई ठक्करबाट दिंदा एक जनाको मृत्यु भएको छ । काठमाडौँको रत्नपार्क मोडमा प्र.३–०१–००१ ग ३७०५ नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालिका काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ट्रकका चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले जानकारी दिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको पोखरेलले बताए ।