प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बझाङमा गएको भूकम्पले दिल्ली पनि हल्लियो

२०८० आश्विन १६, मंगलबार १७:५१ बजे

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । ६.३ म्याग्निच्युड तीव्रता मापन गरिएको भूकम्पले नेपालको संघीय राजधानीमात्र नभएर भारतको राजधानी नयाँ दिल्ली पनि हल्लाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको उत्तर प्रदेश, उत्तराखण्ड राज्यसहित दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । दिल्लीमा भूकम्पको धक्का महसुस गर्नासाथ मानिसहरु घर तथा कार्यालयबाट सडकमा निस्किएका थिए ।

भारतीय टेलिभिजन च्यानल ‘आजतक’का अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार २ः२५ मा महसुस गरिएको थियो । उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड थियो भने २ः५१ बजे अर्को धक्का महसुस गरियो, जसको तीव्रता ६.२ थियो ।