हेटौंडा – सिन्धुलीमा सर्पको टोकाईबाट एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।
दाजुभाइलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएकोमा दाजुभाईको आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा सर्पले टोकेको निलडाम छ।