प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सप्तरीमा एक वर्षको अवधिमा डुबेर ३२ जनाको मृत्यु

२०७९ श्रावण २१, शनिबार ०३:२४ बजे

कल्याणपुर –  सप्तरीमा एक वर्षको अवधिमा विभिन्न जलासयमा डुबेर  ३२  जनाको  मृत्यु  भएको  छ  ।  जिल्ला  प्रहरी  कार्यालय सप्तरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न पोखरी, खाल्डा तथा नहरमा डुबेर उनीहरूको मृत्यु भएको हो । सो अवधिमा २९ वटा पानीमा डुबेको घटनामा २२ जना बालबालिका, एक जना पुरुष र नौ जना महिला  छन्  । 

पछिल्लो  पटक  असार  २८  गते  दुई  छुट्टाछुट्टै घटनामा नुहाउने क्रममा दुई जनाको मृत्यु भएको थियो । गर्मी  छल्न  पोखरीमा  नुहाउने  क्रममा  डुबेर  कञ्चनरूप नगरपालिका–५, पिपरापूर्वस्थित पोखरीमा डुबेर जीवन सदाकी १३ वर्षीया छोरी सेलरी सदाको मृत्यु भएको थियो । त्यस्तै डाक्नेश्वरी नगरपालिका–५, मुसहरीको पोखरीमा डुबेर ३० वर्षीय युवक रामउदगार सदाको मृत्यु भएको थियो ।