प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

लाठीले हानेर तामाङले गरे आफ्नै दाजुको हत्या

२०७९ माघ ४, बुधबार ०६:२२ बजे

हेटौंडा – प्रहरीले आफ्नै दाइको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोटमा आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको गरेको हो ।

बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी विवादको क्रममा झैझगडा हुँदा मादक पदार्थ सेवन गरेका ईन्द्र सिंहले जगतको टाउमा लाठी प्रहार गरेका थिए ।

लाठी प्रहारबाट गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।