प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दुई वटा गैँडा मारेको अभियोगमा तीन पक्राउ

२०८० असार २०, बुधबार ११:३६ बजे

हेटौंडा – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुरका होमबहादुर विक, सोही ठाउँका कृष्णबहादुर महतो र शिखाराम थारु रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा उनीहरुलाई वैशाख १२ गते पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

अधिकृत पुनका अनुसार गैँडाको खाग खरिदबिक्री कारोबार गर्दै गर्दा निजहरुलाई पकाउ गरिएको हो । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेको उनले बताए । पक्राउ परेका तीनै जना विरुद्ध डिभिजन वन कार्यालय, नवलपरासीले अनुसन्धान गरेको थियो ।

निकुञ्जका अनुसार उनिहरुले विसं २०७९ माघ ६ गते राति शिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धरापमा पारी १४ वर्षको माउ र करिब चार वर्षको बच्चा मारेका थिए ।