हेटौंडा – कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । काठमाण्डौको टोखा नगरपालीका ६ धापासी डाँफे कोलनी नजिकै मंगलबार प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्थानीय प्रियान्स उप्रेतीको मृत्यु भएका हो ।
मंगलबार दिउँसो ३ बजे कारले स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।