प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० माघ २७, शनिबार १८:१० बजे

काठमाडौँ – मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा ट्रकले मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना.४ ख ७०७४ नम्बरको ट्रकले प्र.१–०२–०५३प ५५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।