हेटौंडा – घरायसी झगडामा श्रीमतीको अचानो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । चितवनको पार्वतीपुरमा ५४ वर्षीय विनमाया विकको अचानो प्रहारबाट भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको मृत्यु भएको हो । उनीहरु श्रीमान श्रीमती हुन् ।
सोमबार घरायसी झगडा हुँदा श्रीमती विनमायाले श्रीमान् टीकाराममाथि अचानोले आक्रमण गरेकी थिइन् । अचानोको आक्रमणबाट टाउकामा चोट लागेको अवस्थामा टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।