हेटौंडा – नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् । भारतमा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत कुवेतविरुद्ध अन्जनले सर्वाधिक कीर्तिमान नजिक पुगेका हुन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ गोलले पराजित भयो । जसमा नेपालका लागि अन्जन विष्टले एक गोल फर्काएका थिए ।
त्यो राष्ट्रिय टोलीबाट अन्जनको १२ औं गोल हो। अन्जन कुवेतविरुद्ध गोल गर्ने तेस्रो खेलाडी समेत हुन् । यसअघि नेपालका दुई खेलाडीले मात्रै कुवेश विरुद्ध गोल गरेका थिए ।
अन्जनलाई साफमै राष्ट्रिय कीर्तिमान रच्ने अवसर
फुटबल उर्वरभूमी हेटौंडामा मैलाएका अन्जन एन्फा एकेडेमीको उत्पादन हुन् । उनी नेपाली राष्ट्रिय टोलीको यू–१६ र यू–१९ का सर्वाधिक सफल खेलाडी थिए । नेपालले दक्षिण एसियाको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि जित्दा बिष्टको महत्वपूर्ण योगदान थियो ।
उमेर समुहको खेलमा राम्रो प्रभाव छाडेका अन्जनले सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका थिए । अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नु परेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए ।

विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध गोल गरेपछि खुसी मनाउँदै अन्जन ।
नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसकेको भन्दै आलोचना खोप्दै थियो, २०७७ चैतमा अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भए । अलमुताइरीकै प्रशिक्षणमा ५ गोल गरेका थिए ।
सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जनले २ गोल गरेका थिए । उनले दशरथ रंगशालामा भएको भारत विरुद्ध मैत्रीपूर्ण खेलमा एक गोल गरेका थिए ।
त्यसपछि माल्दिभ्समा बुधबार भएको १३ औँ साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध एक/एक गोल गरेका थिए । उनले बंगलादेशविरुद्ध गरेको गोलले नेपाललाई इतिहासमै पहिलो पटक साफको फाइनलमा पु¥याएको थियो ।

सोही साफमै अन्जनले सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने घोषणा समेत गरेका थिए । त्यति बेला अन्जनको ७ गोल मात्रै थियो । साफ फुटबलपछि विं.सं.२०७९ असोज ११ गते बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गर्दै अञ्जनले आफ्नो व्यक्तिगत गोल संङ्ख्या १० पू¥याएका थिए ।
२०७९ कार्तिक ३० गतेको दशरथ रंगशालामै नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गर्दै ११ गोल पुरा गरेका थिए । २०८० असार ६ गते बुधबार कुवेतविरुद्धको गोलसंगै अन्जन उच्च गोलकर्ताको कीर्तिमान तोड्न अन्जन २ गोल टाडा रहेका छन् ।
नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्नेमा हरि खड्का र निराजन रायमाझी रहेका छन् । उनीहरुको समान १३–१३ गोल गरेको छ। अन्जनलाई जारी साफ च्याम्पियनसिपमै त्यो कीर्तिमान तोड्ने अवसर छ ।

पाकिस्ताविरुद्ध गोल गर्दा अञ्जन ।
साफ च्याम्पियनसिपमा नेपालले अझै दुई खेल खेल्न बाँकी छ । नेपाली राष्ट्रिय टिमको नियमित सदस्य अञ्जन मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसको रोजाईका खेलाडी हुन् ।
अन्य स्थिति यथावत रहे, आगामी दुई खेलमा अञ्जनलाई सुरुवाती–११ मा पर्नबाट कसैले रोक्न सक्दैन । साफ अन्तर्गत नेपालले दोस्रो खेल शनिबार आयोजक भारत र असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।
भारत र पाकिस्तानविरुद्धको खेलमा अञ्जनले एक गोल गरे, हरि र निराजनसंगको कीर्तिमान बराबर गर्ने छन् भने दुई गोल गरे तोड्ने छन् । त्यो कीर्तिमान अन्जनले आफ्नो नाम लेखाउनेमा नेपाली फुलबलप्रमी दर्शक आशावादीहरु छन् । २५ बर्षीय अञ्जनले कहिले पुरा गर्छन् त्यो भने हेर्न बाँकी छ ।