काठमाडौँ – जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो ।
थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार, गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५० हजार र ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार धरौटी माग गरिएको छ ।
त्यसैगरी बाबुराजा महर्जनलाई १ लख १० हजार, देवनारायण महर्जनलाई १ लाख १० हजार, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकरि घिमिरेलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।