प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

२०८१ आश्विन २९, मंगलबार १९:३० बजे

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । प्रहरीले आफूलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको शिवाकोटीले बताएका छन् ।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा आफू पनि परेको उनले बताएका छन् । उनले आफूलाई प्रहरीले भ्यानमा राखेर मालीगाउँ वृतमा ल्याएको जनाएका छन् ।