काठमाडौं – उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेका छन् ।
शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।