प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७९ फाल्गुन ४, बिहीबार १२:०४ बजे

नुवाकोट – नुवाकोटमा भएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन भने बसमा सवार ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी त्रिशुली अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।